05 March, 2022

छन्त्याल संघको राष्ट्रिय महाधिवेशन बेनीमा हुने

बेनी, २१ फागुन। नेपाल छन्त्याल संघको ७ औँ राष्ट्रिय महाधिवेशन म्याग्दी सदरमुकाम बेनीमा हुने भएको छ । आगामी चैत २५ र २६ गते बेनीमा हुने महाधिवेशनको तयारीलाई तीव्रता दिईएको संघका केन्द्रिय अध्यक्ष मोहन छन्त्यालले जानकारी दिनुभयो ।


उहाँका अनुसार, साँस्कृतिक झाँकी सहित उद्घाटन हुने महाधिवेशनबाट आगामी तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन हुनेछ । विभिन्न ११ जिल्लाबाट आउने ३५० बढी प्रतिनिधिले नयाँ नेतृत्व चयनमा सहभागी हुनेछन् । संघ मातहतका सबै समितिको अधिवेशन सकिएको र फागुन २८ गते भित्र प्रतिनिधि चयनको काम सक्न निर्देशन दिइएको अध्यक्ष छन्त्यालले बताउनुभयो ।

संघका अध्यक्ष मोहन छन्त्याल, महासचिब बलमान छन्त्याल, कोषाध्यक्ष शिब प्रसाद छन्त्याल, म्याग्दीका जिल्ला अध्यक्ष रेशम छन्त्याल, सचिब मनबहादुर छन्त्याल, छन्त्याल विद्यार्थी संघका केन्द्रिय सदस्य अमर छन्त्याल लगायतको टोलीले शनिवार बेनीमा कार्यक्रम गर्ने स्थलको छनौट समेत गरिसकेको छ ।

विभिन्न स्थानको स्थलगत निरिक्षण पश्चात जिल्ला समन्वय समितिको सभाहलमा उद्घाटन र बन्द सत्रको कार्यक्रम गर्ने तय भएको महासचिब छन्त्यालले जानकारी दिनुभयो । अध्यक्ष छन्त्यालको अध्यक्षतामा महाधिवेशन मुल आयोजक समिति र ८ वटा विभिन्न उपसमिति गठन गरि तयारीलाई तीव्रता दिईएको संघले जनाएको छ । उद्घाटन कार्यक्रममा छन्त्याल समुदायका संघ संस्थाका प्रतिनिधि लगायतको समेत सहभागीतामा बेनीमा झाँकी सहितको बृहत ¥याली निकालिने जनाइएको छ । - BeniOnline.com