बागलुङ
जिल्ला बोंगादोभान गाविस वडा
नं. ६
बोंगाखानी गाउँमा बस्ने
छन्त्याल जातिको साँस्कृतिक
अवस्थाबारे समाजशास्त्रीय
अध्ययन प्रतिवेदन
उच्च माध्यमिक
शिक्षा परिषद् कक्षा १२ को
मानविकी तथा समाजशास्त्र
विषय अन्तर्गत आंशिक आवश्यकता
परिपूर्तिका लागि तयार पारिएको
प्रतिवेदन
प्रस्तुतकर्ता
:
यमुना छन्त्याल
क्रम संख्या :
रत्न शिक्षा पब्लिक
क्याम्पस, कामपा
- ३५, कोटेश्वर
सिफारीस
उच्च माध्यमिक शिक्षा
परिषद् मानविकी तथा समाजशास्त्र
संकायतर्फ रत्न शिक्षा पब्लिक
क्याम्पसको सिफारीस पत्र :
उच्च माध्यमिक शिक्षा
परिषद् कक्षा १२ को आंशिक
आवश्यकता परिपूर्तिका लागि
मेरो निर्देशन र सुपरिवेक्षणमा
रही बागलुङ जिल्ला बोंगादोभान
गाविस वडा नं. ६
बोंगाखानी गाउँमा बस्ने
छन्त्याल जातिको साँस्कृतिक
अवस्थाबारे समाजशास्त्रीय
अध्ययन विषयमा तयार पारिएको
प्रतिवेदनमा म सन्तुष्ट छु
। प्रस्तुत प्रतिवेदनलाई
आवश्यक मूल्याङ्कनका लागि
सिफारीस गर्दछु ।
प्रेमसिंह श्रेष्ठ
रिपोर्ट निर्देशक
रत्न शिक्षा पब्लिक
क्याम्पस
मिति २०७०/११/२७
स्वीकृति :
मानविकी तथा समाजशास्त्र
संकायतर्फ कक्षा १२ को प्रतिवेदन
तयार पार्न रत्न शिक्षा पब्लिक
क्याम्पस कोटेश्वरले दिएको
स्वीकृति पत्र :
रत्न शिक्षा पब्लिक
क्याम्पस मानविकी तथा समाजशास्त्र
विषय अन्तर्गत श्री यमुना
छन्त्यालद्वारा बागलुङ जिल्ला
बोंगादोभान गाविस वडा नं.
६ बोंगाखानी गाउँमा
बस्ने छन्त्याल जातिको
साँस्कृतिक अवस्थाबारे
समाजशास्त्रीय अध्ययन विषयमा
तयार पारिएको प्रतिवेदन उचित
छ । विषय सान्दर्भिक र उचित
भएकाले प्रतिवेदनलाई स्वीकृति
प्रदान गरिन्छ ।
मूल्याङ्कन समिति
बाह्य परीक्षक
प्रतिवेदन निर्देशक
कृतज्ञता :
उच्च माध्यमिक
शिक्षा परिषद् कक्षा १२ को
आंशिक आवश्यकता परिपूर्तिका
लागि मैले बागलुङ जिल्ला
बोंगादोभान गाविस वडा नं.
६ बोंगाखानी गाउँमा
बस्ने छन्त्याल जातिको
साँस्कृतिक अवस्थाबारे
समाजशास्त्रीय अध्ययन गर्ने
योजना बनाएदेखि यो प्रतिवेदन
तयार हुँदासम्म दर्जनौ मेरा
अग्रज र तत् क्षेत्रका
महानुभावहरुले जुन प्रकारको
सहयोग, सद्भाव र
योगदान दिनुभयो, यो
गुण मेरो जिन्दगीभर सम्झिरहने
छु । मैले यहाँ वाक्यहरुमा
सबैको नाम उल्लेख गर्न असमर्थ
छु ।
म छन्त्याल
जातिको छोरी भएर पनि आफ्नै
जातिबारेका अनगिन्ति चालचलन,
भेषभूषा र परम्पराबारे
जानकारी राखेकी रहेनछु । विषय
छनौट गरेपछि मलाई जुन किसिमको
त्रास पैदा भएको थियो,
अध्ययनको क्रममा मैले
सम्बन्धित सबै क्षेत्रबाट
आशा नै नगरेको मात्रामा
उत्सुकता, विश्वास,
सहयोग र चासो पाएँ ।
यो प्रतिवेदन तयार पार्दा
मैले भविष्यमा छन्त्याल
जनजातिकै बारेमा खोज अनुसन्धान
वा अध्ययन गर्नुपर्ने चाहनाहरु
पनि व्यक्त भएको पाएँ । मैले
पनि साधन स्रोत, परिस्थिति
र क्षमताले भ्याएसम्म यो पुनित
कार्यमा आफ्नो योगदान पुर्याउन
प्रतिवद्ध भएको बाचा गरें ।
यसरी मलाई
प्रेरित गरेर अध्ययनलाई
प्रभावकारी बनाउनका लागि
अध्ययन विधि र चरणहरुबारे
जानकारी दिएर निरन्तर पृष्ठपोषण
दिदै मलाई सच्च्याउन सहयोग
गर्नु हुनेमा क्याम्पस प्रमुख
तारा काफ्ले र विषय शिक्षक
प्रेमसिंह श्रेष्ठप्रति
हार्दिक आभार प्रकट गर्न
चाहन्छु । प्रतिवेदनको विषयवस्तु
समाजलाई सकारात्मक अभिलेख
बनोस् भनेर मेरो लेखनलाई
निरन्तर सिंहावलोकन गर्ने
मेरा आदरणीय मामा, गाउँका
वुद्धिजीवी एवं वडाध्यक्ष
जालबहादुर छन्त्याल,
मामा एवं मंगला (प्र)
निमावि बोंगाखानीका
प्रध्यानाध्यापक लेखबहादुर
छन्त्याल, अङ्कल
एवं शिक्षक देवबहादुर विक,
जेमा (ठूली
आमा) दिलसरा छन्त्याल
र बाजे (हजुरबुवा)
अमरबहादुर तथप्जा
छन्त्यालप्रति विशेष आभार
प्रकट गर्नैपर्छ । मेरो प्यारो
जन्म थलो बोंगाखानीका मेरा
नातेदारहरु जसले प्रतिवेदन
तयारीका लागि समय खर्चेर पटक
पटक छलफलमा सहयोग गरिदिनु
भयो सबैलाई गच्छे अनुसार
हार्दिक प्रणाम र सरल्हो
(छन्त्याल भाषा :
नमस्कार/अभिवादन)
गर्दछु ।
मेरा प्रस्तावलाई
कहिल्यै 'नाइँ'
नभनेर 'ओके'
भन्दै सही मार्गमा
डोर्याउन सुझाव दिइ रहनु
हुने मेरा बाबालाई पनि सम्झनै
पर्छ । उहाँका जनजाति सम्बन्धि
लेख पनि मेरा लागि सन्दर्भ
सामग्री बने । ममीले काठमाण्डौकै
कुनै विषयमा प्रतिवेदन तयार
पारे पनि हुन्छ भन्दै हुनुहुन्थ्यो
। तर पनि मेरो चाहनाबारे पटकौको
अनुरोधपछि मलाई गाउँसम्म
पुग्न खर्च, समय र
स्वीकृति दिनु भयो । चेक लिष्टमा
छलफल भएको बेला पनि फोन गरेर
यसो गर उसो नगर भनेर सम्झाइ
रहनु भयो । बाबा र ममीको विशेष
सहयोगका लागि आभार !
प्रतिवेदन तयार
पार्न सहयोग पुर्याउने मेरा
कलेजका मित्रहरुलाई पनि
धन्यवाद ! तपाईहरु
सबैको सहयोगमा प्रतिवेदन
तयार गर्न सकेँ, सबैप्रति
कृतज्ञता ज्ञापन गर्न चाहन्छु
।
यमुना छन्त्याल
क्रम संख्या : …....
रत्न शिक्षा पब्लिक
क्याम्पस, कामपा
- ३५, कोटेश्वर
विषयसूची
अध्ययनको परिचय
…........................................................................................................
5
पृष्ठभूमि
समस्या कथन
अध्ययनको उद्देश्य
अध्ययनको सीमा
अध्ययनको विधि
- प्राथमिक
- द्वितीय
विश्लेषण र प्रस्तुति
धर्म भाषा विवरण
चाड पर्व, जन्म,
विवाह, मृत्यु,
संस्कार
शैक्षिक स्थिति र
पेशा व्यवसाय
उपलब्धि
निष्कर्ष
सुझाव
सन्दर्भ सामग्री
पृष्ठभूमि
:
नेपाल सरकारको
सूचीमा रहेका ५९ जनजातिमध्ये
छन्त्याल पनि एक जनजाति हो ।
सरकारी तथ्यांकले करिब १२
हजारको संख्या देखाए पनि
छन्त्यालहरुले आफ्नो संख्या
१५ हजारभन्दा बढी रहेको दाबी
गर्दै आएका छन् । बागलुङ जिल्ला
बोंगादोभान गाविस वडा नं.
६ बोंगाखानी गाउँमा
बस्ने छन्त्यालका पुराना
पुस्ताकाहरु जातीय उत्थान
र विकासका लागि निकै चासो
राख्दछन् । पछिल्लो पुस्तामा
जातीय संस्कृतिबारे गहिरिएर
चासो दिने गरेको पाइदैन। समयको
परिवर्तनसँगै यहाँका परम्परागत
मूल्य मान्यता, जीवनशैली
र संस्कृतिहरुमा पनि बिस्तारै
बिस्तारै परिवर्तन हुँदै छन्
। मौलिक संस्कृतिहरु ओझेलमा
पर्दैछन्।
जातीय धर्म
वुद्धिष्ट भनिए पनि यहाँ
हिन्दू धर्मकै प्रभाव रहेको
छ । शैक्षिक, आर्थिक,
राजनीतिक र भौतिक
विकासको प्रभावसंगसंगै
परम्परागत संस्कृतिहरु लोप
हुँदैछन्। यही क्रमले परम्परागत
संस्कृतिको लोप हुँदै जाने
हो भने यहाँका मौलिक पहिचानहरु
भविष्यमा इतिहासमा मात्र
सीमित हुने छन्। नयाँ पुस्ताका
छन्त्यालहरु र शुभेच्छुकहरुले
चासो नराख्ने हो भने यहाँको
मौलिक पहिचानको प्रमाण नै
नरही लोप हुने सम्भावना पनि
त्यत्तिकै देखिन्छ ।
यहाँका केटाकेटीहरु
विद्यालय जान्छन्। अधिकांश
युवाहरु विदेशमा रहेका छन्।
मुख्य पेशा कृषि रहेको छ।
कृषिबाहेक छन्त्यालहरु व्यापार
र जागिरमा पनि संलग्न छन्।
गाविसको कुल घरधूरी १२ सय ७०
र जनसंख्या ५ हजार ४ सय ८६ छ
भने यसमध्ये २ हजार ४ सय २३
पुरुष र ३ हजार ६३ महिला रहेका
छन्।
गाविसको वडा
नं ६ मा भने ११७ घरधूरी ५०७
जनसंख्या छन्। महिला २७८ र
पुरुषको संख्या २२९ रहेको छ।
वडामा छन्त्याल जातिको बाहुल्यता
रहेको छ।
इतिहास :
नेपाल अधिराज्यभर
२१ जिल्लाहरुमा बसोवास गर्दै
आएका करिब १३ हजार छन्त्यालहरु
पूर्वाधार तथा संभावनाहरुको
कमिका कारण राज्यबाट उपेक्षित
बन्नुपर्दा त्यत्ति दुखी
छैनन् जति दुखी आफ्नो जातिको
उत्पत्ति र ईतिहासबारे कुनै
प्रमाणिक आधारहरु प्राप्त
नभएकोले किंवदन्तीमा मात्र
चित्त बुझाउनुपर्दा छन् ।
"प्रसिद्ध
समाजशास्त्री मोहन मल्लका
अनुसार तत्कालीन बाइसी चौबिसी
राज्यताका कर्णालीको सिन्जाका
एक पाल्चन ठकुरीका सन्तानहरु
मध्य आपसी झै-झगडाका
कारण एकजना मुस्ताङको थाकखोला
आई बसोवास गरेकाले थकाली र
अर्का बाग्लुङ जिल्लाको
ढोरपाटन उपत्यकाको 'छ्यान्टुङ'
भन्ने ठाउंमा बसोवास
गरेकाले छन्त्याल कहलिएको
भन्ने मान्यता बढी विश्वासनीय
छ । हामी अझै वास्तविक ईतिहासको
खोजीमा लागिरहेका छौ ।"
नेपाल छन्त्याल संघका
भूपू अध्यक्ष मनिचन्द घरब्जा
छन्त्याल भन्नुहुन्छ ।
'करिब ५ सय वर्षअघि
खानी पेशामा लागेका छन्त्यालहरु
कालान्तरमा संख्या वृद्धि
हुँदै जांदा थुप्रै समूहमा
बांडिएर जीवन गुजारा चलाऊन
खानी खोज्ने क्रममा बाग्लुङको
बोंगाखानी, ढोरखानी,
भीरखानी, खुंङ्खानी,
लाम्मेलाखानी,
घोसाखानी, शिसाखानी,
राङ्खानी, लेखानी,
हाँडिखानी, पाण्डवखानी
म्याग्दीको गुर्जाखानी,
छापाखानी, कुइनेखानी,
मंगलेखानी, मल्कबाङखानी
सुर्खेतको साताखानी रुकुमको
बिर्बुङखानी आदी ठाउंमा पुगेको
अनुमान गरिन्छ । यी मध्ये केही
खानीहरुमा काम गरिरहेकै बेला
करिब सय वर्ष पहिले सरकारले
चर्को भेजा (सरकारी
कर) लगाएछ तैपनि २
- ४ वर्ष जेनतेन भेजा
तिर्ने कोशीस गर्दागर्दै
हातमुख जोड्नै नसक्ने अवस्था
आएपछि भेजा तिर्न वेवास्ता
गरेछन् । भेजा तिर्न नसक्दा
सरकारी मान्छेहरु खानी खानीमा
पुगेर छन्त्यालहरुलाई थेर्का
(कडा सजाँय दिन
बनाइएको काठ र फलामको साधन)
मा कोचेर सजाँय दिएछन
। अनि त वाध्य भएर ८०-९०
वर्ष यता छन्त्यालहरु कृषि
पेशा गर्दै आएका छन् ।'
ललितपुर निवासी छन्त्याल
संघका भू.पू.
कोषाध्यक्ष ज्यानदेवी
घरब्जा छन्त्याल बताउंनुहुन्छ
।
समस्याको कथन
:
छन्त्यालहरुको
आफ्नो पूर्वजहरुले खानी
निकालेको अति विकट, दुर्गम
र हिमाली वस्तीहरुमा बस्दै
आएको पाईन्छ र यिनीहरु बसोवास
गर्ने ठाउँको नाम पछाडि 'खानी'
भन्ने शब्द जोडिएको
पाईन्छ । अधिकांश निम्न आर्थिक
स्तर भएका छन्त्यालहरुको
विकट वस्तीहरुमा न त सरकारी
सुविधाहरु पुगेका छन् न त
सरकारको उपस्थिति नै छ ।
जिल्लाको अति विकट एवं दुर्गम
स्थानमा रहेको बोंगादोभान
गाविस निर्वाचन क्षेत्र नं.
३ मा पर्दछ । जिल्लाको
कर्णाली भनेर चिनिने यो छन्त्याल
बस्तीलाई आर्थिक, शैक्षिक,
भौतिक, राजनीतिक
तथा सांस्कृतिक समस्याहरुले
झेलेका छन्।
यिनै समस्याहरुबीच
छन्त्याल जातिको साँस्कृतिक
परिवेशमा पनि समस्या रहनु
अन्यथा पक्कै होइन । विद्यालयमा
शिक्षक तलब, उप
स्वास्थ्य चौकीमा कर्मचारी,
सामग्रीका लागि नगन्य
रकम, हुलाकका
कर्मचारीका लागि तलब भत्ता
र गाविसमा विनियोजन हुने
रकमबाहेक सरकारको कुनै सेवा
उपलब्ध छैनन् । भएका सेवा
सुविधाका अवस्था पनि नाजुक
छन्। विद्यालय भवन जीर्ण
छन्। उप स्वास्थ्य चौकीमा
कहिलेकाही सिटामोल पनि पाइंदैन।
विदेशबाट आउने
रेमिट्यान्स, कृषि
उत्पादन र पशुपालन जीविकोपार्जनका
मुख्य आधार बनेका छन्। गाउँमा
कुनै मन्दिर, विद्यालय,
बाटोघाटो, पुल
पुलेसो वा अन्य भौतिक संरचना
निर्माण गर्नु परेमा झाराप्रथा
कायम छ। कटुवाल, हलीप्रथा
पनि अझै जीवित छन्। हली,
आराने र दर्जीहरुका
लागि दुईपटक बाली दिने चलन
अझै विद्द्यमान छन्।
प्रकृति र
भाग्यमा अझै विश्वास राख्छन्
यहाँका वृद्धदेखि वैशसम्मका
छन्त्यालहरु । भूमे, बराह,
सिद्ध, देवी,
काली र दुर्गाको पूजा
गर्छन्। दशैँ, तिहार
, माघे संक्रान्ति,
फागु पूर्णिमा,
चैते दशैँ, नयाँ
वर्ष, साउने संक्रान्ति
आदि पर्व मनाइन्छ। जात्रा र
बिहेबारी हुँदा बाजागाजा र
विभिन्न परम्परागत नाचगान
गर्ने गरिन्छ। झमक्कै,
खेली, लालै,
मयाली, दोहोरी
गाउने चलन पातलिदै छ।
पुवाको भाङ्ग्रो,
भेडाको ऊनबाट बनेको
हार्दुला, बाख्रोको
बख्रेलोबाट बुनिने घुम,
चोया र भोजपत्रको
सेगुको चलन पनि लगभग सङ्कटमा
पुगिसकेको छ । फिर्के कुची,
पिरंगु, चिरंगु,
थेबे, छिनु,
पुछै, जाँखुरी,
झीर, हाँडी,
मधुस, भकारी,
झेप र ढ्यांग्रो गजा
देख्न गाउँभरि चाहार्दा पनि
भेट्न गाह्रो भइसकेछ। झन्न
थुन्से, दरौती,
डोका र डालाहरु पाइदै
रहेछन्।
आफ्नै गाउं
वस्तीमा उत्पादन हुने हार्डुला
( भेडाको ऊनबाट
हातैले बुनेको एक प्रकारको
ज्याकेट), दोचा,
भाङ्ग्रा, मजेत्रो,
लगायत गुन्यूचोली,
टेखी, खाडी,
धोरो (साफा,
फेटा) मा
सजिएर रमाउने छन्त्याल पुर्खाको
भेषभूषा र जीवनशैलीलाई
आधुनिकताको खोल ओढेको पाश्चात्य
संस्कृतिले पूरै मात्रामा
विस्थापन गर्न लागेको अवस्थामा
छ । दशै, तिहार,
माघे संक्रान्ति,
फागु पूर्णिमा,
नयाँ वर्ष, साउने
संक्रान्तिजस्ता चाडपर्वमा
पुराना स्वादहरु गुम्दैछन्
।
मादल, मुर्चुङगा,
डम्फु, घण्ट,
झ्यालीका धुनसँगै
घन्किने खेली, ठाडो,
चुट्के र लालै भाकाहरुकाबारे
ओछयानमा थला परेका बुढापाकाहरुसँग
मात्र बुझ्न सकिन्छ त्यो पनि
संस्मरण स्वरुप । लाग्छ,
अब खेली र चुट्के भाकाका
ती हलुका ज्यान बनाएर फुरुंग
हुँदै नाचेको देख्ने जमाना
फर्कदैनन होला । पहिलो सन्तानको
रुपमा छोरा जन्मिदा पुट्पुराउका
सरस्वती र खेली नाच पनि ओझेल
पर्दैछन । भात खुवाइ (पास्नी),
छेवर (चुडाकर्म),
गुन्यूचोली र वैवाहिक
संस्कारले पनि रुढीवादी संज्ञा
पाउंदैछन् । अन्त्येष्टी
संस्कारमा पनि छन्त्यालहरुको
वस्तीपिच्छे समानता पाइदैन
। लगभग ३ हजारले बोल्ने छन्त्याल
भाषा (खाम) को
अस्तित्व बोकेका ठाउंहरु
मानिने म्याग्दीका गुर्जाखानी,
कुइने, मंगले,
मल्कबाङ र गुल्मीको
भार्सेबाट बिस्तारै लोप हुँदै
गएको छ । वि. सं.
२०४० साल पहिले भारतीय
र ब्रिटिश सेनामा भर्ती हुन
मगरहरुको पुन, थापा,
बुढा, राणा
आदि थर लेखाउनुपर्ने बाध्यतामा
परेका नयाँ युगका केही छन्त्यालहरु
आफ्नो जातीय पहिचान लुकाएको
पाईन्छ । जातीय संस्कृतिमा
विचलन आएर थकाली र मगरसँग
सोलीडोली चलाउंने र आफ्नो
रीतिरीवाज र धर्म संस्कृतिमा
फेरबदल गरेका पनि छन् केही
छन्त्यालहरु ।
त्यसो त
छन्त्यालहरुमा आफ्नो भाषा,
संस्कृति र जातीय
उत्थानका लागि चिन्ता नभएको
होइन । वि. सं.
२०४३ सालमा दिलबहादुर
घरब्जा छन्त्यालको नेतृत्वमा
जातीय भलाई र उत्थान गर्न भनी
'छन्त्याल परिवार
संघ' को स्थापना
भएको थियो । यसले २०४९ असार
२९ गते विधिवत संस्थाको मान्यता
पाएको थियो । वि. सं.
२०५२ मा प्रथम राष्ट्रिय
महाधिवेशनको नेतृत्व परिवर्तन
सँगसगै यस संघको नाम "नेपाल
छन्त्याल संघ" मा
परिवर्तन गरियो । यस संघबाट
पुस्तिकाहरु प्रकाशन, जातीय
संस्कार, स्मारिका
२०५४ प्रकाशन र कार्यान्वयनका
लागि निर्देशन, जातीय
कार्यकलापहरु आदि कार्यहरु
संचालन गरेको पाईन्छ।
उमेर खाएका
व्यक्तिहरु मात्र होइन छन्त्याल
युवायुवतीहरुलाई पनि आफ्नी
भेषभूषा, साँस्कृतिक
चाडपर्व र संस्कारप्रति
उत्तिकै चासो र माया छ । लोकदीप
आवासिय मा. वि.
बेनी कक्षा १० मा
अध्ययनरत छात्रा कुमारी
छन्त्याल विद्यालयको पोशाकभन्दा
गुन्यूचोली लगाउन मन पराउने
बताउंनुहुन्छ ।
यिनै समस्याकाबीच
पनि मैले साँस्कृतिक अवस्थाबारेका
विषयवस्तुलाई प्रतिवेदनमा
समेट्ने प्रयास गरेकी छु।
मुलुकमा साधरण नागरिकको रुपमा
समेत परिचित हुन नसकिरहेका
छन्त्याल जातिकोबारेमा
विदेशीहरुले समेत चासो लिएर
अध्ययन अनुसन्धान गरेको पाईन्छ
। अमेरिकाको युनिभर्सिटी अफ
विस्कान्सिस मिल्वाउकीका
प्रोफेसेर डा. माइकल
नुना र डा. विलियमा
वाग्लीमा समेतले विधावारिधीका
लागि छन्त्याल भाषा र संस्कृतिको
खोज तथा अनुसन्धान गरी पुस्तक
प्रकाशन गरेका छन् ।
नेपालकै दुर्लभ र अल्पसंख्यक जातिको रुपमा चिनिने छन्त्याल जातिको सम्बन्धमा संचार माध्यमहरुले पनि खासै चासो र ध्यान नदिएको गुनासो नीशा छन्त्यालको छ । उहाँ भन्नुहुन्छ - "दिनानुदिन टेलिभिजन र रेडियोमा विदेशी गीत संगित घन्किरहन्छन, किसिम किसिमका फेशनहरुको प्रचार गरिन्छ तर आफ्नै देशको मौलिक संस्कृति बोकेको छन्त्याललाई उपेक्षा गरिन्छ। यो साह्रै दु:खको कुरा हो ।"
अध्ययनको सीमा :
निश्चित समय,
आर्थिक, सामाजिक,
भौगोलिक र राजनीतिक
परिबन्दका कारण यो प्रतिवेदनमा
बागलुङ जिल्लाको एउटा गाविस,
त्यो गाविसभित्र एउटा
वडा, वडामा रहने
छन्त्याल जाति र छन्त्याल
जातिको पनि सांस्कृतिक अवस्थालाई
मात्र केन्द्रित गरिएको छ।
वर्तमान अवस्थामा समावेशीताको
सवाल, सङ्घीयताको
मुद्धा र जातीय मदभेद चर्किएको
छ ।
यो बेला जातीय
अध्ययनलाई संवेदनशील ढङ्गले
लिन नसकेमा आफ्नै खुट्टामा
बन्चरो हाने समान हुने कुरा
छर्लंग हुँदाहुँदै मैले यही
शीर्षकमा हात हालेकी छु। एक्लै
राजधानीबाट ३ दिन टाढा गाउँमा
पुगेर गाउँलेहरुलाई स्पष्ट
बुझाउँदै विधि र प्रक्रियालाई
अनुशरण गर्दै अध्ययन गर्नु
चुनौतिपूर्ण कुरो रहेछ।
कत्तिले अन्तरक्रिया गर्न
अप्ठेरो महशुस गरे।
निश्चित सीमा
छँदाछँदै बोंगादोभान गाविस
वडा नं ६ मा बसोवास गर्ने
छन्त्यालहरुको विविध पक्षलाई
मोटामोटी समेटिए पनि सांस्कृतिक
पक्षलाई जोड दिएर प्रतिवेदनमा
समेटिएको छ।
अध्ययन विधि
:
मैले यो प्रतिवेदन
तयार गर्नका लागि अपनाइएका
विधिहरुलाई दुई भागमा उल्लेख
गरेकी छु । ती हुन् :
१) प्रार्थमिक
विधि र
२) माध्यमिक
विधि
१) प्रार्थमिक
विधि (Primary Method) :
म छन्त्याल
जातिको सांस्कृतिक अध्ययनका
लागि बोंगाखानी गाउँमा पुगेर
छन्त्यालहरुसँग छलफल गरेकी
छु। प्रश्न सूची बनाएर समाजका
अगुवाहरुसँग अन्तर्वार्ता
विधि अपनाएको छु। स साना समूह
छलफल, टोल छलफल र
गाउँ भेला गरी सबैको मनोभावना
संकलन गरेकी छु। समाजकै
छन्त्यालको नजरमा साँस्कृतिक
अवस्थाको विश्लेशणका लागि
सहभागितामूलक छलफल चलाएकी
छु। उहाँहरुको विश्लेषणलाई
मस्यौदा बनाएर आमभेलामा
सुनाएकी छु। जसले गर्दा उनीहरुले
अध्ययनलाई प्रभावकारी भएको
भन्दै खुशी व्यक्त गरेका छन्।
२) माध्यमिक
विधि (Secondary Method) :
यस विधि अन्तर्गत
प्रश्नावली तयार गरी जानकारहरुसँग
सोधपुछ, अन्तर्वार्ता
र छलफल गरेकी छु। यसैगरी
इन्टरनेट, पत्रपत्रिका
र पुस्तकहरु अध्ययन गरी पाइएका
कुराहरु समेटेकी छु।
जनजाति सूचीमा
छन्त्याल :
Categorization of
Indigenous People based on development
Advanced Group (2) :
Newar, Thakali
Disadvantaged Group (14) : Tangbe, TeengaunleThakali, BarahgaunleThakali, MarphaliThakali, Gurung, Magar, Rai, Limbu, Sherpa, Yakkha, Chhantyal, Jirel, Byansi, Yolmo
Marginalized Group (19) : Sunuwar, Tharu, Tamang, Bhujel, Kumal, Rajbanshi, Gangaai, Dhimal, Bhote, Darai, Tajpuriya, Pahari, Topkegola, Dolpo, Mugal, Larke, Lohpa, Dura, Walung
High Marginalized Group (12) : Majhi, Siyar, Lhomi (Shinsaba), Thundam, Dhanuk, Chepang, Santhal, Jhagad, Thami, Bote, Danuwar, Baramu
Endangered Group (9) : Kusunda, Bankariya, Raute, Surel, Hayu, Raji, Kisan, Lepcha, Meche, Kuswadiya
साँस्कृतिक
विश्लेषण :
भाषा धर्म
विवरण :
यहाँका छन्त्यालहरु
कोही पनि आफ्नो मातृभाषा
बोल्दैनन्। यहाँ हिन्दू मन्दिर
र थानहरु छन्। उनीहरुको
देवताप्रति गहिरो आस्था रहेको
पाइन्छ। सबै छन्त्यालहरुमा
हिन्दू धर्मको प्रभाव त छ तर
उनीहरु छन्त्याल जातिको जातीय
संस्कार स्मारिका पुस्तिका
मुताविक उनीहरुको जातीय
संस्कारमा परिवर्तन गर्दै
रहेका छन्। के कसरी संस्कार
अवलम्बन गर्ने भन्नेबारे
उनीहरु छलफल गरेर सहमतिमा
निर्णय गर्दै आएका छन्। उनीहरु
सधै एकीकृत भएर संस्कार अबलम्बन
गर्दै आएका छन्।
भेषभूषा :
छन्त्यालहरु
आफ्नै गाउं वस्तीमा उत्पादन
हुने हार्डुला ( भेडाको
ऊनबाट हातैले बुनेको एक प्रकारको
ज्याकेट), दोचा,
भाङ्ग्रा, मजेत्रो,
लगायत गुन्यूचोली,
टेखी, खाडी,
धोरो (साफा,
फेटा) मा
सजिएर रमाउने छन्त्याल पुर्खाको
भेषभूषा र जीवनशैलीलाई
आधुनिकताको खोल ओढेको पाश्चात्य
संस्कृतिले पूरै मात्रामा
विस्थापन गर्न लागेको अवस्थामा
छ ।
चाड पर्व :
बागलुङ जिल्ला
बोंगादोभान गाविस वडा नं ६
बोंगाखानीका छन्त्याल जातिले
थप्रै चाड पर्वहरु मनाउने
गर्दछन्। दशैँ, तिहार,
माघे संक्रान्ति,
फागु पूर्णिमा,
चैते दशैँ, नयाँ
वर्ष, साउने संक्रान्ति
आदि मुख्य पर्वहरु हुन्। यी
पर्वहरु मनाउने आ आफ्नै रीतहरु
छँदैछन्, अर्कातिर
फरक फरक छन्त्याल बस्तीहरुमा
निश्चित चाड पर्वमा मेला
लगाउने चलन अझै विद्द्यमान
छन्।
बोंगाखानीमा
दशैको नवमीको दिन ओह्रानथान
भन्ने ठाउँमा मेला लाग्छ ।
हरेक वर्ष फागुन २० गते विद्यालयको
जन्मोत्सव धुमधामले मनाउने
गरिन्छ। छिमेकी गाउँ खुङ्खानीमा
श्रीपन्चमीमा मेला लाग्छ ।
नर्जामा मंसीरे पूर्णिमामा,
गुर्जाखानीमा साउने
संक्रान्तिमा, बोंगादोभान
बजारमा माघे संक्रान्ति र
बुर्तिबाङ बजारमा कोजाग्रत
पूर्णिमामा मेला लाग्दछन्
। यी सबैजसो मेलामा युवाहरु
भलिबल, तारो र दोहोरी
लगायतका प्रतियोगितामा भाग
लिन जाने गर्दछन् ।
थरहरु
छन्त्यालका भलंजा,
बुढाथोकी, डांडामारे,
घरब्जा, घर्ती,
घ्याप्चन, झिङराजा,
खड्का, पोट्लाङ्गे,
पुराने, सिङे,
तथप्जा छन् । केही
थरका उपथर पनि छन् तर अझै झिङनेल
थर लगायतका छन्त्यालहरुले
आफ्नो थर केन्द्रिय तथ्यांकमा
नसमेटिएको गुनासो गरेको पनि
पाईन्छ ।
जन्म :
यहाँका छन्त्यालहरुले
बच्चा जन्मेको ५ वा ७ दिनमा
धूप बत्ती गर्दछन्। न्वारन
भने अलिक टाठाबाठा आफन्त
युवायुवतीबाट हुने गरेको
पाइन्छ। सुत्केरी भएको २२
दिनसम्म देउपितृ बार्ने चलन
छ। छोरीलाई ५ महिना र छोरोलाई
६ महिनामा भात खुवाइन्छ,
जसलाई अन्य समुदायले
पास्नी भन्दछन्।
मृत्यु :
कुनै छन्त्यालको
मृत्यु भएमा शवलाई जलाउने
प्रचलन छ । शवलाई बाँसको
'घारा' (भर्याङ)
बनाएर घातमा लगिन्छ।
घात गाउँको अलिक तल खोलोमा
रहेको छ । आफन्त मरेमा ३ दिन
नून बारिन्छ। भाइ भाइमा ८ दिन
नून बार्छन्। परल घरमा १३ दिन
नून बार्छन्। १३ दिनमा काजक्रिया
गरिन्छ। यिनीहरुले अचेल
छन्त्याल जातिको जातीय संस्कार
स्मारिका अनुसार काजक्रिया
गरिन्छ। यसअघि हिन्दू संस्कार
अनुसार मृत्यु संस्कार गर्ने
गर्दथे।
पत्ता लागेका
कुराहरु :
यो प्रतिवेदन
तयार गर्दा पत्ता लागेका
कुराहरु निम्न छन् :
छन्त्याल पनि
आफ्नै अलगै सामुहिक साँस्कृतिक
पहिचान, भाषा,
धर्म, परम्परागत
रितिरिवाज र संस्कृति,
लिखित वा अलिखित इतिहास
भएका जनजाति हुन्।
यिनीहरुको
नेपालको राजनीति र शासन
व्यवस्थामा निर्णायक भूमिका
छैन ।
यो समुदायभित्र 'हामी' भावना छ।
समुदायको आफ्नो परम्परागत भौगोलिक क्षेत्र छ।
यो समुदायभित्र 'हामी' भावना छ।
समुदायको आफ्नो परम्परागत भौगोलिक क्षेत्र छ।
यिनीहरु चार
वर्णको हिन्दू वर्णाश्रम
व्यवस्थाभित्र पर्दैनन् र
आफूलाई जनजाति भनी दावी गर्दछन्
।
यिनीहरुले
मामाचेली फुपूचेली दोहोरो
बिहे गर्दछन्।
परापूर्वदेखि
छन्त्यालहरु
सन्दर्भ
सामग्रीहरु :
छन्त्याल :
वार्षिक मुखपत्र वर्ष
१, अंक १, २०५१
फागुन
छन्त्याल जातिको
लोपोन्मुख संस्कृति :
योगेन्द्रमिलन छन्त्याल
(युवामन्च, असोज
२०६१)
नमस्ते नेपाली
डट कम
छन्त्याल डट
कम
छन्त्याल डट
ब्लगस्पट डट कम
जनजाति सरोकार
डट कम
नेफिन डट ओआरजी
डट एनपी
छन्त्याल जातिको
संस्कार स्मारिका २०५४
नेपालको राष्ट्रिय
जनगणना २०६८ (केन्द्रिय
तथ्याङ्क विभाग)
जनजाति आवाज
साउन २०६१ अङ्क ११
जनजाति मंच :
श्रीबहादुर आले मगर
पत्रपत्रिकाहरु