23 October, 2018

आरोहीलाई बाटो चिनाउन गएका नेत्रप्रसाद छन्त्याल फर्किएनन्

पहिलोपटक गुर्जा हिमालको आरोहण गर्न आएका कोरियाली आरोही सहितको टोलीलाई बाटोको अवस्थाका बारेमा जानकारी गराउने जिम्मा नेत्रप्रसाद छन्त्यालले लिएका थिए । दक्षिण कोरियाका नागरिक किम चङ होको नेतृत्वमा ५ जना कोरियन, ३ जना शेर्पा सहितको टोलीलाई लिएर ३१ बर्षिय छन्त्याल गत असोज २२ गते गूर्जा हिमाल तर्फ प्रस्थान गरेका थिए ।
बैदेशिक रोजगारको सिलसिलमा जाापन लगाएतका देशमा पुगेर फर्किएका छन्त्याल यासागुन्बु लगाएतका बहुमल्य जडिबुटी संकलन गर्न समेत सोही क्षेत्रमा जाने गरेकाले पनि उनलाई पर्यटकलाई आधार शिविरसम्म पु¥याउने जिम्मा दिइएको थियो। गूर्जाबाट करिव ६ घण्टाको दुरीमा रहेको शिविरमा कोरियाली टिमलाई आवश्यक तयारी गरी फर्किने योजनामा रहेका छन्त्याल सहितको टोली हावाहुरीमा परेर ज्यान गुमाएका छन्। नेत्रप्रसादलाई गाउँलेले स्थानीय पथप्रर्दशक अर्थात गाईडको रुपमा प्रयोग गरेका थिए ।

’टोलीलाई बेसक्याम्पमा पुर्याएर फर्किने बताउनुभएको थियो,’घटनास्थलका बारेमा बयान गर्न सकिदैन‘ मृतकका आफन्त सोमप्रसाद छन्त्यालले बेनीअनलाइनलाई भने । उनले घटनास्थलमा हिमपहिरो नभई हावाहुरीको आशंका गरिएपनि वास्तविकता पहिचान गर्न समस्या भएको बताए । उनले घटनास्थलमा भेटिएको शवको प्रकृति हेर्दा सबै आर्चश्यमा पर्ने बताए ।
गूर्जाबासीले देउता भीर भएको क्षेत्रको रुपमा पुजाआजा गर्ने गरेको स्थान आसपासमै घटना भएपछि गाउँमा फरक बहस सुरु भएको छ । सिद्ध देउताको बसोबास भएकाले त्यस क्षेत्रमा विगतमा पनि स्थानीयले यासागुम्बा संकलन गर्ने क्रममा ज्यान गुमाएका थिए । घटनास्थलमा २० जना गुर्जालीहरुले शव संकलन तथा घटनास्थलको बास्तविकता पत्ता लगाउने भन्दै शुक्रबार विहानै देखी खोजीकार्यमा जुटेका छन् । शुक्रबार दिनभरी हावाहुर्री लागेपनि घटना विहिबार भएको थियो । घटनाको वास्तविकता बाहिर आएको छैन ।