29 May, 2017

अन्तर्राष्ट्रिय कुराश प्रतियोगितामा नेपालबाट दिपक छ्न्त्याल सहभागी

१३ औ अन्तर्राष्ट्रिय कुराश प्रतियोगितामा नेपालको तर्फबाट खेलाडी दिपक छ्न्त्याल सहभागी भएका छन् । यही मे २६ देखि २९ सम्म उज्बेकिस्तानको तर्मिज शहरमा प्रतियोगिता सम्पन्न भएको छ ।

दीपकलाई  राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव श्री टेन्डी लामा शेर्पाले सफलताको शुभकामना दिदै बिदाई गरेका थिए ।

लामाले कुराश खेल स्थापना देखी नै नेपाल ओलम्पिकसँग सहयात्री भै आगाडी बडेको र मुलुकको निम्ति पदकको सम्भावना बोकेको खेल रहेको आफ्नो धारणा राखे । मन्तव्य कै क्रममा कुराश खेलका अन्तर्राष्ट्रिय पदाधिकारीहरु ओलम्पिक काउन्सिल अफ एसियाको जिम्मेवार पदमा समेत भएकोले मुलुकको हितको लागि नेपाली पदाधिकारीले रचनात्मक समन्वय गर्न समेत सुझाव दिए ।

प्रतियोगितामा व्यवस्थापकको भुमिकामा सघका अध्यक्ष दान घिसिङ रहेका छन् । टोलीले एशियाली कुराश बिकाश बैठकमा समेत भाग लिने कार्यक्रम तय भएको छ।