29 June, 2017

छन्त्याल परिवार दक्षिण कोरियाले भलिबल प्रतियोगिता आयोजना गर्ने

आगामी जुलाई ३० तारिख आइतबारका दिन छन्त्याल परिवार दक्षिण कोरियाले भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । तुङ्देमुन गु छेयुग्वानमा “शारिरिक तथा मानसिक तन्दुरुस्तताको लागि खेलकूदको आवश्यकता” भन्ने नाराका साथ 'सर्वमान्य स्व. दिलबहादुर घरब्जा छन्त्याल स्मृति कप' को आयोजना गरिने भएको हो ।  

सर्वमान्य स्व. दिलबहादुर घरब्जाको सम्झनामा प्रतियोगिता आयोजना गरिएको छन्त्याल परिवार दक्षिण कोरियाका अध्यक्ष अमर भलन्जा छन्त्यालले बताएका छन् । 

प्रतियोगितामा प्रथम हुने समूहलाई कपसहित १३ लाख वनले पुरस्कृत गरिनेछ । त्यस्तै दोस्रोलाई दश लाख वन  र तेस्रो हुने समूहलाई तीन लाख पचास हजार वन प्रदान गरिने छ ।

भलिबल प्रतियोगिताको गोलाप्रथा जुलाई २३ तारिख आइतबारको दिन नेपाल हाउसमा हुने भएको छ । जुलाई ३० तारिखमा कोरियामा प्राय कम्पनीहरुमा गर्मी बिदा पनि पर्ने भएकोले सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई कार्यक्रममा उपस्थित भइदिनका लागि छन्त्याल परिवारले अनुरोध गरेको छ ।