16 October, 2017

छन्त्यालको घरमा आगलागी, सहयोगका लागि अनुरोध

म्याग्दीको धौलागिरी गाउँपालिका-६ मराङ्ग, बुलका लालबहादुर छन्त्यालको घरमा आगलागी भएको छ । शनिबार दिउँसो करिब तीन बजेतिर घरमा अचानक घरमा आगलागी भएको हो । छन्त्यालको घरमा आगलागी हुँदा घर पूर्ण रुपमा जलेर नस्ट भएको छ । आगलागी हुँदा तीन वर्षीया छोरी, गर्भवती श्रीमति र वृद्ध आमासहित परिवार चुहिने पालमुनि रात काट्न बाध्य भएका छन् ।

आगलागीबाट छन्त्यालको घरमा भएको २५ हजार नगदसहित अन्न, लत्ताकपडा तथा सम्पूर्ण जलेर नस्ट भएको प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्काले बताईन् । ‘परिवारको विचल्ली भएको छ । जिल्लाबाट पनि केही सहयोगको प्रयास गरिरहेका छौ’ उनले भनिन् । इलाका प्रहरी कार्यालय दरवाङबाट गएको टोलीले क्षतीको विवरण संकलन गरेको छ ।

प्रहरी पीडितलाई जिल्लाबाट समेत राहतको प्रयास भइरहेको जनाएको छ । पीडितको आर्थिक अवस्था कमजोर भएकाले सहयोगको याचना गरिएको छ । इप्रकाका अनुसार सम्पुर्ण आगलागिबाट नस्ट भएपछि परिवार अहिले बिचल्लीमा परेका छन् । दुर्गम भेगमा रहेको कारण राहत वितरण गर्न तथा उदार गर्न पनि कठिन हुने गरेको छ । 
- म्याग्दीकाली