29 December, 2017

मार्सल आर्टसमा दीपक छन्त्यालले नेपाललाई स्वर्ण पदक दिलाए

पुस १०, काठमाण्डौ । मार्सल आर्टस खेलाडी दीपक छन्त्यालले नेपालका लागि स्वर्ण पदक दिलाएका छन् । आइतबार बंगलादेशको ढाकामा सम्पन्न मैत्रीपूर्ण मार्सल आर्टस प्रतियोगितामा उनले बंगलादेशका खेलाडी राजिव ढालीलाई नकाउट गरेर स्वर्ण पदक हात परेका हुन् ।

३४ वर्षीय छन्त्यालले स्वर्ण पदक जितेपछि आफूलाई थप सक्षम र उत्साही भएको बताएका छन् । मार्सल आर्ट खेल एशियाली र ओलम्पिकमा समेत समावेश गरिएको कराते र कुराश खेलको प्राविधिक तालमेल रहेको खेल हो ।
'अवसर पाउने हो भने उनी सधैं देशका लागि पदक दिलाउने खेलाडी हुन् ।' बंगलादेशबाट कुराश संघका केन्द्रीय अध्यक्ष दान घिसिङले दीपक मार्सल आर्टसमा अव्बल खेलाडी भएको बताए ।

यसअघि सेप्टेम्बर १७ देखि २७ तारिखसम्म तुर्कमेनिस्तानको अस्गाबातमा सम्पन्न पाँचौ एशियन इन्डोर एण्ड मार्शल आर्टस गेम्समा सहभागी हुदा प्राविधिक गल्तीले खेल्न पाएका थिएनन् । उनले खेलमा भाग नलिएको विषय विवादमा परेको थियो । राष्ट्रिय खेलकुद परिषदले उक्त विषयमा छानविन समेत गरेको बताइन्छ ।