14 January, 2018

छन्त्याल संघको तारा खेलमा लाम्मेला र भलिबलमा बोंगाखानी विजयी

योगेन्द्रमिलन छन्त्याल । नेपाल छन्त्याल संघले छन्त्याल जातिको महान पर्व छारम्हेङ (नयाँ वर्ष) र मिलाङ्गे सोङ्ती (माघे संक्रान्ति) २०७४ को अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ । 



केन्द्रिय कार्यालयको प्राङ्गण मनमैजु, काठमाण्डौंमा सम्पन्न तारा खेलमा लाम्मेला प्रथम र खुंखानी द्वितीय भएका छन् । ११ समूहले प्रतिष्पर्धा गरेको पुरुष भलिबलमा बोंगाखानी प्रथम र घोसाखानी द्वितीय भएका छन् । 

४ समूह रहेको महिला भलिबलमा खुङ्खानीको समूह कुइनेमङ्गले समूहलाई हराउदै प्रथम बन्न सफल भएको छ । सांस्कृतिक कार्यक्रममा जयलक्ष्मी छन्त्याल, दीपक छन्त्याल, सरिता छन्त्याल, टीका तरामी, श्याम राना, अञ्जना राना र चित्र छन्त्याललगायतले आ आफ्नो प्रस्तुति दिए । 

भोलि उपराष्ट्रपति नन्दबहादुर पूनको उपस्थितिमा कार्यक्रम समापन हुने संघका अध्यक्ष मनमोहन बुढाथोकीले जानकारी दिएका छन्  ।