11 July, 2017

हङकङ छन्त्याल संघद्वारा रुपन्देही छन्त्याल संघलाई ५० हजार आर्थिक सहयोग

हङकङ छन्त्याल संघले नेपाल छन्त्याल संघ, जिल्ला समिति रुपन्देहीलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । संघले सहयोग रकम रुपन्देहीका अध्यक्ष भरत छन्त्याललाई पठाइसकेको छ ।

समितिले गत वर्ष स्व. दिलबहादुर छन्त्याल स्मृति प्रवेश द्वार निर्माण गरेको थियो । संघ आर्थिक हिसाबले कमजोर भएको, अझै ऋणमा भएको र आर्थिक सहयोग गर्न हङकङ छन्त्याल संघमा पत्राचार गरेको थियो । 

आफ्नो जातीय हक, हित र विकासमा सधै सहयोग गर्न एकजुट हुने सम्पूर्ण पदाधिकारीहरुलाई हङकङ छन्त्याल संघका अध्यक्ष हेम घरब्जा छन्त्यालले विशेष धन्यबाद दिएका छन् ।