10 July, 2017

बेलायतमा छन्त्याल दिवस सम्पन्न

बेलायत छन्त्याल संघको १० औ स्थापना दिवस जुलाई ९ का दिन सम्पन्न भएको छ । संघले स्थापनाकाल देखि निरन्तर बेलायतबासी छन्त्यालहरुबीच भावनात्मक सम्बन्ध ताजा बनाईराख्न र संघको गतिविधिलाई निरन्तरता दिन हरेक बर्ष गर्मी बिदाको अवसर पारेर विविध खाले मनोरन्जनात्मक कार्यक्रम आयोजना गर्दै आईरहेको छ ।

कार्यक्रममा छन्त्यालहरुलाई संघले बेलायतका बिभिन्न शहरहरुबाट यातायातको ब्यवस्था गरेको थियो । साथै सहभागीहरुका लागि संघले बिबिक्यू मासुका परिकार, सेलरोटी , अचार, दाल , भात , तरकारी लगायत बियर ,व्हिस्की , वाइन, जुस जस्ता परिकारहरु नि:शुल्क उपलब्ध गराएको थियो । 

कार्यक्रममा फूटबल खेल पनि संचालन गरिएको थियो । खेलमा आश्फोर्ड समूह प्रथम भयो भने प्लम्स्तेड दोस्रो भएको थियो । फुटबल खेलमा रेदिङ टिमका मिसान छन्त्याल उत्कृष्ट खेलाडी घोषित भएका थिए । बिजयी खेलाडीहरुलाई आकर्षक पुरस्कार तथा तंकरले सम्मान गरेको थियो ।

कार्यक्रममा संघको अध्यक्ष झक छन्त्याल, आदिवासी जनजाती महासंघ बेलायतको अध्यक्ष तुल छन्त्याल, संघको उपाध्यक्ष शेर छन्त्याल, सल्लाहकार जगनारायण छन्त्याल, मिडिया सचिब कप्रशाद छन्त्याल लगायतका बक्ताहरुले छन्त्याल जातिको पराम्परा , कला , संस्कार, संस्कृति, शिक्षा, स्वास्थ्य, भाषा, पहिचान, अधिकार, यि सम्पूर्ण जातिय बिकासको लागि र सर्बमान्य स्व. दिल बहादुर घरब्जा प्रति सम्मान गर्न सर्बमान्य अक्षयकोषको सुरुवात भईसकेको बताएका थिए । उनीहरुले अक्षयकोलाई मलजल गर्नको लागि बिश्वभरीका छन्त्यालहरु एक ढिक्का भएर अगि बढ्नुपर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रमको अन्त तिर मादलको तालमा दोहोरी गाएर, कक्टेल गीतहरुमा नाचेर भरपुर मनोरन्जन लिएका थिए । संघका अध्यक्ष झक छन्त्यालको अध्यक्षता र नेपाल आदिवासी जनजाती महासंघ बेलायतको अध्यक्ष तुल छन्त्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको महासचिव मुकेन छन्त्यालले संचालन गरेका थिए ।
- मुकेन छन्त्यालको फ़ेसबुकबाट