27 August, 2017

दक्षिण कोरियाका छन्त्यालहरुले १३ लाख वन जिते !

दक्षिण कोरियामा सम्पन्न दोश्रो युनिक मैत्रीपूर्ण भलिबल प्रतियोगिता २०१७ मा छन्त्याल परिवार विजयी भएको छ । फाइनलमा स्याङ्गजा समाजलाई हराउदै  छन्त्यालहरुले १३ लाख वन र कप हात पारेका हुन् ।

द्वितीय स्थानमा स्याङ्गजा समाजले दश लाख वनमा चित्त बुझाउनु परेको छ । 'सौल, विकाश अनुशासन गतिशीलता, खेलकुदमार्फत सबै संस्थाबीच सद्भाव आजको आवश्यकता' भन्ने नारासहित युनिक भिजन ग्रुप दक्षिण कोरियाले आज अगस्ट २७ तारिख आइतबारका दिन प्रतियोगिताको आयोजना गरेको थियो । 

दोंगदेमुन गु छेयुग्वानमा भएको भलिबल प्रतियोगितामा १७ टिमले भाग लिएका थिए । 

अन्नपूर्ण दूध पोखरी समाज, गुल्मी सम्पर्क समिति, बाग्लुंग सम्पर्क समिति, मोना ए, अर्घाखाँची सम्पर्क समिति , स्याङ्जा परिवार, थेगु समाज, मोना सि, कुमुन समाज पोल ए मा रहेका थिए भने पोल बी बाट मोना बि, तमु धिं, पर्वत प्रबासी समाज, छन्त्याल परिवार, युनिक भिजन ए, युनिक भिजन बि, सि हङ सि आन्सान र पुन समाज समूहले प्रतिस्पर्धा गरेका थिए ।